नेभिगेशन
नेताका कुरा

अध्यक्ष ओली पक्राउ गरिएको विषयमा एमालेद्वारा संसदको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठकमा  नेकपा (एमाले) का सांसदले सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा सुरु भएको बैठकमा सो पार्टीका सांसदले  पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा ध्यानाकर्षण गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको प्रारम्भमा नै एमालेका सांसद गुरुप्रसाद बरालले उक्त पक्राउका विषयमा सदनको ध्यानाकर्षण गराए। यही चैत १४ गते नेपाल सरकारको निर्णयबमोजिम अध्यक्ष ओली र नेता लेखकलाई  पक्राउ गरिएको थियो ।

Ncell
Extreme Energy

बैठकमा सुरुआतमै एमालेका सांसदहरु आ आफ्ना आसनबाट उठेपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पहिलो बैठकमा विवाद नगरी बसिदिन सो पार्टीका सांसदलाई आग्रह गरेका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।