नेभिगेशन
नेताका कुरा

भदौ २३ र २४ गतेको आन्दोलन हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? -एमाले नेता पाण्डे

काठमाडौँ । आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न पार्टी नेतृत्वलाई नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आग्रह गरेका छन्।

आफ्नै नेतृत्वप्रति लक्षित शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै नेता पाण्डेले सो कुरा व्यक्त गरेका हुन् । नेता पाण्डेले भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन हुनु पर्ने समेत बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद्को पहिलो बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेका अभिव्यक्ति प्रति कडा आपत्ति जनाउँदै उनले भनेका छन्, ‘हिजो संसद्मा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो । सबै दोष अरूलाई !  हामी पनि दोषी छौँ । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र रु अब यो ‘घेराबन्दी’मा पर्‍यौँ भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो।’

Ncell
Extreme Energy

अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार रहेकाले बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र भएको उनले तर्क गरेका छन्। त्यस्तै उनले एमालेको राजनीति जनताको आकाङ्क्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्न नहुने समेत बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।
आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती र...
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...