नेभिगेशन
नेताका कुरा

जनताप्रति जवाफदेही भएर काम गर्ने छौँः मन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफुहरु जनताप्रति जवाफदेही भएर काम गर्ने बताएका छन्।

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले वर्तमान सरकार जनताप्रति पूर्ण रुपमा जवाफदेही हुने र कुनै पनि नराम्रा काम नगर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले राजनीतिको मूल नीति सफा भएको भन्दै निष्कलंकित भएर पाँच वर्ष पछाडि आफूले गरेको काम फर्किएर हेर्दा गर्व गर्ने गरि काम गर्ने धारणा व्यक्त गरेका छन्। मन्त्री तिमिल्सिनाले देश र जनताका लागि गर्नुपर्ने धेरै काम रहेकाले परिणाम मात्रै दिइरहन पाए हुन्थ्यो भन्ने चिन्ता रहेको बताए ।

Ncell
Extreme Energy

उनले सार्वजनिक निकायमा हावी भएको नकारात्मकतालाई सुधार गर्दै उनीहरुलाई देश बनाउने अभियानमा अघि बढाउनुपर्नेमा जोड दिए ।

देश बनाउन सञ्चार माध्यमको ठुलो भूमिका रहने उल्लेख गर्दै उनले देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको भएको धारणा व्यक्त गरे। उनले सबै जना इमान्दार र जिम्मेवार भएमा संस्था मात्र नभइ देश पनि सुन्दर बन्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।