नेभिगेशन
नेताका कुरा

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध छः मन्त्री प्रतिभा रावल

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्थानीय तहका गाउँपालिका तथा नगरपालिका महासंघबीच विभिन्न समसामयिक विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

शुक्रवार मन्त्रालयमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता, अनुदान कटौती लगायतका विषयहरूमा गहन छलफल भएको हो। स्थानीय तहका प्रतिनिधिहरूले भोगिरहेका वास्तविक समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस क्रममा नगरपालिकाका अध्यक्ष भिम ढुंगानाले स्थानीय तहमा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी गराउँदै समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। त्यस्तै, गाउँपालिकाका अध्यक्षहरूले सुकुम्बासीलाई लालपुर्जा वितरण, भूमि व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।

Ncell
Extreme Energy

महालक्ष्मी नगरपालिकाका उपप्रमुखले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दुई वर्षमा अनिवार्य रूपमा सरुवा गर्ने नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् । मन्त्री रावलले स्थानीय तहसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताइन्।

उनले नागरिक सन्तुष्ट हुनेगरी सेवा दिन सरकार प्रतिबद्ध रहेको र जनताको अपेक्षा स्थानिय सरकार मार्फत प्राथमिकतामा राखेको बताइन्। त्यसैगरी, स्थानीय तहका पदाधिकारीहरूले कर्मचारीहरूलाई खटाएर सहयोग गरेकोमा मन्त्रालयप्रति धन्यवाद व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।
सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

सांसद खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानबिन, अनुशासन आयोगले स्पष्टीकरण सोध्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारमाथि छानबिन थालेको छ ।
आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

आज कहाँ कहाँको सडक अवरुद्ध छ ? (सूचीसहित)

पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू बाढी र पहिरोबाट प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती र...
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...