नेभिगेशन
नेताका कुरा

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बस्दै, दलको नेता छनोटका विषयमा छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार आज बस्दै छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

अन्य दलहरुले संसदीय दलको नेता छनोट कार्य सकेको भए पनि कांग्रेसले हालसम्म पनि संसदीय दलको नेताको टुङ्गो लगाउन सकेको छैन । संसदीय दलको नेताका लागि कांग्रेसभित्र नेताहरु अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको नाम चर्चामा रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचनमार्फत संसदीय दलको नेताको टुङ्गो लगाउने वा सर्वसम्मत दलको नेता छान्ने भन्ने कुरा आज बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय गर्ने कांग्रेसका एक सांसदले बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, गोरखाका धेरै ठाउँमा बल्यो बिजुली

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।