नेभिगेशन
नेताका कुरा

ट्रेड युनियन खारेजीको बिषयप्रति नेपाल ट्रेड युनियन कांग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख ट्रेड युनियन खारेजीको बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रेड युनियन कांग्रेसले मुलुकको परिवर्तनमा ट्रेड युनियनको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै ट्रेड युनियन नै खारेज गर्ने काम उचित नभएको समेत जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने र त्यसमा सहभागी हुन पाउने हकको ग्यारेन्टी गरेकाले टे«ड युनियनहरुलाई निषेध गर्ने वा खारेज गर्ने कुनै पनि प्रयास संविधान प्रदत्त मौलिक हकहरुको प्रत्यक्ष उलंघन हुने नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए।

Ncell
Extreme Energy

ट्रेड युनियनहरुलाई निषेध गर्ने वा खारेज गर्ने कार्यले श्रमिक आन्दोलनलाई सीमित पार्ने र लोकतान्त्रीक अभ्यासहरुलाई समेत कमजोर बनाउने खतरा उत्पन्न हुने उनले बताए ।

उनले ट्रेड युनियनमा देखिएका कमिकमजोरीहरुलाई सुधार गर्दै सामाजिक सम्वाद र सौदावाजीको माध्यमबाट उत्पादकत्व वृद्धि, गुणस्तरीय उत्पादन तथा  सेवा र मर्यादित कामप्रति प्रतिवद्ध रहेको धारणा व्यक्त गरेका थिए।

त्यस्तै ट्रेड युनियन कांग्रेसले संगठन स्वतन्त्रता माथि अंकुश लगाउने निर्णय, न्यूनतम पारिश्रमिक बोर्डको खारेजी र सरकारी विज्ञापन तथा संचार माध्यमबाट मात्र प्रकाशन गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...