नेभिगेशन
नेताका कुरा

राप्रपा सांसद् खुश्बु ओलीको सरकारलाई प्रश्न-किसानका समस्याप्रति सरकार कति गम्भीर छ ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले किसानका समस्याहरुका बारेमा सांसद् मार्फत सरकारलाई प्रश्न गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद ओलले रोपाइँको समय आउनै लाग्दा किसानलाई आवश्यक सामग्रीको बन्दोबस्तीबारे सरकारको तयारी के भइरहेको छ भनेर प्रश्न गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद ओलीले पश्चिम एसियाको द्वन्द्वको कारण मलको मूल्य वृद्धि तथा आपूर्तिमा संकट देखिएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले भनिन्, ‘रोपाइँको सिजन आउंदै छ। रोपाइँ अघि नै मल र कृषि सामग्री सुनिश्चित गर्नु अत्यावश्यक छ। तर पश्चिम एसियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति संकटका संकेतहरु देखा परिसकेका छन्,’ उनले भनिन्, ‘यस विषयलाई लिएर सरकारको तयारी के छ ? म सम्माननिय सभामुखमार्फत सोध्न चाहन्छु ।’

Ncell
Extreme Energy

रोपाइँको समयमा किसानहरूले मल नपाउने, उत्पादन घट्ने र यही कारण खाद्य सुरक्षा जोखिमसँगै अर्थतन्त्रमा असर पर्ने भन्दै  रोपाइँको मुखमा मल अभाव भएमा किसानहरुलाई पिडा हुनुसंगै उत्पादन समेत घट्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।

त्यस्तै सरकारसंग हाल सञ्चित मलले कति समयलाई थेग्न सक्छ भन्नेबारे पनि उनले सरकारसँग जवाफ माग गरिन् । उनले किसानका लागि आकस्मिक राहत योजनाबारे पनि सरकारको ध्यानाकर्षण गराएकी थिइन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम?

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम?

त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...