नेभिगेशन
नेताका कुरा

भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न राष्ट्रियसभा सांसद्हरुकाे माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकी प्रभावित भएकाले कृषिमा लगानी बढाई आत्मर्भिरताका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद धर्मेन्द्र पासवानले सप्तरीमा गत फागुन ३० गते एक महिलामाथि भएको बलात्कार र हिंसा प्रकरण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

Ncell
Extreme Energy

सांसद मीनासिंह रखालले कर्णाली क्षेत्रमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना हुँदा पनि समृद्धिमा पछाडि परेकाले आवश्यक लगानीका लागि आगामी बजेटमा व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद रेखाकुमारी झाले कृषि खेतीबालीका लागि समयमै मल, बीउ र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न र कृषिमा हानि पुर्याउने वन्यजन्तुको व्यवस्थापन गर्न सरकारसँग माग गरे । सांसद ललितजङ्ग शाहीले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र मुलुकमा सुशासनका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसद सोमनाथ पोर्तेलले दलित समुदाय आर्थिक, सामाजिकलगायत क्षेत्रमा पछि परेको उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरी विशेष कार्यक्रम घोषणा गर्न माग गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद, मधेसबाट सुरू

शिक्षा ऐन तथा नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग संवाद सुरु गरेको छ।
फेरि बढ्यो सुनचाँदीको मूल्य

फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ।
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

बिहान ३ बजे उठेर कोशीटप्पु जाने, जङ्गलबाट निगुरो खोजेर ल्याउने र भन्टाबारीमा व्यापारीलाई बिक्री गर्ने । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयको दिनचर्या अहिले यस्तै छ।
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन

बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ ।