नेभिगेशन
नेताका कुरा

राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिले गरे पदभार ग्रहण

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिले बुधबार पदबहाली गरेका छन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले आज सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शपथ ग्रहण गरेपछि आ–आफ्नो कार्यकक्षमा गई पदबहाली गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पदबहालीपछि रासससँग प्रतिक्रिया दिनुहुँदै सुशासन समितिका सभापति पौडेलले दिगो, समन्यायिक र सन्तुलित विकासका लागि नीति, कानुन बनाउने काममा आफू सक्रिय हुने जानकारी गराए । भ्रष्टाचार न्यूनीकरण गरी सुशासनका लागि समितिको कार्य क्षेत्रअन्तर्गत रही काम गर्ने उनको भनाइ थियो ।

Ncell
Extreme Energy

सेवा प्रवाह, सूचना प्रविधि र नवप्रवर्तन पनि समितिको कार्य क्षेत्र भएकाले यस क्षेत्रमा पनि समितिले काम गर्ने सभापति पौडेलले बताए । राष्ट्रिय सरोकार समितिका सभापति राईले विगतमा बनेका कार्ययोजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए।

विशेषगरी साइबर बुलिङका घटना बढिरहेकाले यस विषयमा पनि छलफल गराउने उनको भनाइ थियो । पछिल्लो समय निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने गरी सरकारका तर्फबाट भएको निर्णयका बारेमा पनि सरोकार भएका निकायलाई बोलाएर बहस गराउने सभापति राईले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...