नेभिगेशन
नेताका कुरा

अब अधिवेशन तिर लागौँ अदालत तिर होइनः महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन्।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन ।” फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रुपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको उनले बताए। सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।

Ncell
Extreme Energy

पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उनले बताए । अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन भएको भन्दै उनले  अब अधिवेशन तिर लागौँ अदालत तिर होइन भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...