नेभिगेशन
नेताका कुरा

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरले फेरि जारी गरे विज्ञप्ति, भने– क्रियाशील सदस्यता कसैले खारेज गर्न सक्दैन

काठमाडौं। नेपाली कांग्रेसमा फेरि क्रियाशील सदस्यता विवाद चर्किएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले यसअघिका सबै क्रियाशील सदस्यता खारेज गर्दै नयाँ क्रियाशील सदस्यता लिनुपर्ने घोषणा गरेपछि कांग्रेसमा यो विवाद चर्किएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गर्दै कांग्रेसको क्रियाशील सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका छन् ।

Ncell
Extreme Energy

चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पन्ध्रौं महाधिवेशनको मिति तोकेर क्रियाशील सदस्यता वितरण र नवीकरण गराइरहेको अवस्थामा विशेष महाधिवेशनबाट निर्वाचित समितिले त्यसलाई खारेज गर्न नसक्ने उनको तर्क छ।

विज्ञप्तिमा खड्काले भनेका छन्– पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक आम सदस्यहरुको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन ।

खड्काले कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले कानुन विपरीत निर्णय गरेको र त्यसबारेमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यस्तो छ– खड्काले जारी गरेको विज्ञप्ति 

2-1776064872.jpg

1-1776064838.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...