नेभिगेशन
समाज

मन्त्री बन्न नपाएपछि दोर्ण कुमारले दिए प्रदेश सांसदबाट राजीनामा

पोखरा । नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुँवरले बुधबार सांसद पदबाट राजीनामा दिएका छन्।

प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी पत्र लेख्दै उनले बुधबारदेखि नै लागु हुने गरी राजीनामा दिएका हुन्। कुँवरले राजिनामाको बोधार्थ पार्टीका केन्द्रीय सभापति र प्रदेश संसदीय दलका नेतालाई दिएका छन् ।
गण्डकीका मुख्यमन्त्री  सुरेन्द्रराज पाण्डे बुधबार मन्त्रीपरिषद् फेरबदल गरेका थिए । आज भएको मन्त्रिपरिषद् विस्तारमा नेपाली कांग्रेसबाट जित शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । 

Ncell
Extreme Energy

कुँवर मन्त्री बन्ने लबिङमा रहेपनि अन्मित अवस्थामा मन्त्री हुन नपाएपछि आक्रोशमा राजीनामा दिएको हुन सक्ने नेपाली कांग्रेस गण्डकीकै नेताहरुले बताएका छन् । 
कांग्रेसका एक नेताले भने, 'कुँवर जी मन्त्री बन्ने लबिइङमा हुनुहुन्थ्यो, पाउने भएन,शायद नेताहरुसँगको परामर्शपछि राजीनामा फिर्ता गर्नुहुन्छ होला ।'

२०७९ को प्रदेश सभा निर्वाचनमा कुँवर बागलुङ– २ (ख)बाट सांसद निर्वाचित भएका थिए । 


राजीनामा पत्रमा उनले आफूलाई मत दिएर विजयी गराउने मतदाता र अवसर दिने पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन् । मतदाताको विश्वास अनुसार पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा उनले क्षमा पनि मागेका छन् ।

‘आम नागरिकको विश्वास र भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमाप्रार्थी छु,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘म कुनै सार्वजनिक पदमा नरहेता पनि मेरो सेवाको सुकर्ममा कुनै कमी रहने छैन ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...