नेभिगेशन
नेताका कुरा

गृहमन्त्री गुरुङ र कोरियाली राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार गृह मन्त्रालयमा गृहमन्त्री गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

सो भेटघाटमा राजदूतले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए। भेटका क्रममा नेपाल–कोरियाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्‍याउँदै आएको निरन्तर सहयोग तथा आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिष्टाचार भेटघाटका क्रममा गृहमन्त्री गुरुङले  कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध समेत गरेका थिए । जवाफमा राजदूतले नेपालीहरू अनुशासित एवम् मेहनती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरे ।

Ncell
Extreme Energy

त्यस्तै भेटघाटका क्रममा गृह मन्त्री गुरुङले कोरिया सरकारको सहयोगमा साइबर व्यूरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेकोमा कोरिया सरकारलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।

साथै, गृह मन्त्री गुरुङले भीड नियन्त्रण तथा आम नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक पर्ने सुरक्षा सामग्री एवम् उपकरणको व्यवस्था गर्न दुई देशका सरकारबीच सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...