नेभिगेशन
नेताका कुरा

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको जटिलताले अमेरिका–इरानबीचको रणनीतिक द्वन्द्व अझै लम्बिने सङ्केत देखिएको छ । इरानको आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणपछि त्यहाँको समृद्ध युरेनियम पुनः प्राप्त गर्नु जटिल र दीर्घ प्रक्रिया हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

उनको यो अभिव्यक्तिले इरानको आणविक कार्यक्रममाथि जारी तनावबीच थप अनिश्चितता र रणनीतिक चुनौती उजागर गरेको छ । ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत ‘अपरेसन मिडनाइट ह्यामर’ लाई इरानका आणविक स्थलहरूको पूर्ण विनाशको रूपमा चित्रण गरेका थिए । उनका अनुसार ती संरचनाहरू ध्वस्त पारिएपछि त्यहाँ रहेको सामग्री पुनः उत्खनन गर्नु अब ‘लामो र गाह्रो प्रक्रिया’ बन्न पुगेको छ । अमेरिकी राष्ट्रपतिले इरानको समृद्ध युरेनियमलाई जनाउन ‘आणविक धुलो’ भन्ने शब्द बारम्बार प्रयोग गर्दै आएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो शब्दावलीले तेहरानले आणविक हतियार निर्माणका लागि युरेनियम भण्डारण गरिरहेको भन्दै अमेरिकाले इरानमाथि लगाउँदै आएको आरोपलाई सङ्केत गर्छ । साथै, उनले कहिलेकाहीँ गत वर्ष जुनमा इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी बम आक्रमणपछि बाँकी रहेको अवशेषलाई पनि यही शब्दबाट व्याख्या गर्ने गरेका थिए।

Ncell
Extreme Energy

इरानले भने आफ्नो युरेनियम भण्डार हस्तान्तरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारिसकेको छ । तर ट्रम्पले अन्ततः उक्त भण्डार अमेरिकी नियन्त्रणमा आउने दाबी दोहोर्‍याउनुभएको छ । इरानको आणविक कार्यक्रमलाई इजरायलले ‘अस्तित्वकै खतरा’ का रूपमा व्याख्या गर्दै आएको छ । यही सन्दर्भमा संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका थिए । उक्त आक्रमणले क्षेत्रीय तनावलाई तीव्र बनाएको थियो ।

इजरायली अधिकारीहरूका अनुसार गत वर्ष जुनमा १२ दिनसम्म चलेको युद्धपछि इरानले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने प्रयास गरेको थियो । सो युद्ध इजरायलको पहलमा सुरु भएको थियो, जसमा अमेरिकाले समेत सहभागिता जनाउँदै इरानका तीनवटा प्रमुख आणविक केन्द्रहरूमा बम आक्रमण गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयका आधारमा उनको सरुवा गरिएको बताइएको छ।
निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

आजको प्रश्न कर्मचारीको व्यक्तिगत हित व्यवस्थापन मात्र होइन, बरु “नेपालले कस्तो राज्य निर्माण गर्न खोजेको हो र सो राज्य सञ्चालन गर्ने निजामती सेवाको संरचनात्मक, प्राविधिक र संस्थागत क्षमता...
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...