नेभिगेशन
नेताका कुरा

गृहमन्त्रीले मार्गप्रशस्त गर्न उचित हुने साम्पाङको सुझाब

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न उचित हुने बताएका छन्।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले गृहमन्त्रीका बिषयमा पटक पटक विवाद उत्पन्न भइरहेको अवस्थामा मार्गप्रशस्त गर्न उचित हुने बताएका हुन्। उनले सुशासन कायममा सरकारले काम गर्ने कोशीस गरिरहेकाले प्रतिक्रिया दिन हतार नगर्ने समेत बताए । अध्यक्ष साम्पाङले सरकारले माग गरे बमोजिम आफ्नो पार्टीले ३३ बुँदे सुझाव पत्र प्रस्तुत गरेको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम संस्कृतिले अत्यावश्यक आधारभूत आवश्यकताका मूल्य मान्यता बनाइराख्ने, जनजीवनलाई सामान्य बनाइराख्न आवश्यक भूमिका खेली नेतृत्व लिने, मूल्यबृद्धि नियन्त्रणमा ध्यान दिनुपर्ने, असंलग्न परराष्ट्र नीति सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्ने लगाएतका सुझाव दिएको छ ।

Ncell
Extreme Energy

त्यस्तै कम्तीमा एकपालीका एक उद्योग, एक परिवार, एक रोजगारको नीति लागू गर्ने, हप्ताको ३ दिन किताव र बाँकीको ४ दिन श्रम, सीप र सृजना सिकाएर उत्पादन, निर्माण, सृजना र आविष्कार गर्न सिकाउने सुझाव दिइएको अध्यक्ष साम्पाङले बताए ।

त्यस्तै श्रम संस्कृतिले सवैखाले विभेदको अन्त्य गरि नागरीकलाई सुशासन महसुश गराउने, व्यवस्था परिवर्तन तथा राजनीतिक आन्दोलनहरुका शहीद, वेपत्ता, घाइतेहरुको वास्तविक अभिलेख राखी राज्ले विशेष सेवा सुविधा प्रदान गर्नुपर्ने, लोकतन्त्रलाई बलिया बनाउन मर्यादीत र स्वतन्त्र पत्रकारिता र नागरिकको अभिव्यक्ति स्वतन्त्रको ग्यारेन्टी गर्ने लगाएतका सुझाव दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयका आधारमा उनको सरुवा गरिएको बताइएको छ।
निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

आजको प्रश्न कर्मचारीको व्यक्तिगत हित व्यवस्थापन मात्र होइन, बरु “नेपालले कस्तो राज्य निर्माण गर्न खोजेको हो र सो राज्य सञ्चालन गर्ने निजामती सेवाको संरचनात्मक, प्राविधिक र संस्थागत क्षमता...
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...