नेभिगेशन
नेताका कुरा

BREAKING- गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । सम्पत्ति विवरणका कारण विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

गृहमन्त्री गुरुङले केहीबेर अघि प्रधानमन्त्री बालेन शाहलाई राजीनमापत्र बुझाएका हुन् । राजीनमा बुझाउन गुरुङ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री कार्यालय स्रोतले गुरुङले राजीनामा दिएको पुष्टि गर्यो । उहाँले राजीनामा बुझाउनु भयो– स्रोतले भन्यो । राजीनामापत्रमा उनले के लेखेका छन् भन्ने खुलेको छैन ।

Ncell
Extreme Energy

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका बिचौलिया दीपक भट्ट र शंकर ग्रुपसँग मन्त्री गुरुङको व्यावसायिक सम्बन्ध देखिएको भन्दै आलोचना भएको थियो । मन्त्री गुरुङले हिजो मात्रै दुई पटक रास्वपा सभापति रवि लामिछानेलाई भेटेका थिए भने हिजो राति अबेरसम्म प्रहरी प्रमुखहरुसँग अनुसन्धान जारी रहेका विभिन्न फाइलका बारेमा छलफल गरेका थिए ।

जेनजी आन्दोलन र त्यसको व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका गुरुङ चुनावअघि रास्वपा प्रवेश गरेका थिए भने रास्वपाबाटै उम्मेदवार बनेर गोरखा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए ।

नयाँ सरकार गठन भएको एक महिना नबित्दै मन्त्रिपरिषदबाट बाहिरिने गुरुङ दोस्रो मन्त्री हुन् । यसअघि श्रममन्त्री दीपक साहलाई १३ दिनमै रास्वपाले मन्त्रीबाट हटाएको थियो । श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा पुन सक्रिय बनाउन पदीय मर्यादा उल्लंघन गरेको भन्दै रास्वपाले साहलाई मन्त्रीबाट हटाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

सरुवामा चलखेल गरेपछि मन्त्रालय तानिए नापीका डिजी

नापी विभागका महानिर्देशक प्रकाश जोशीको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयका आधारमा उनको सरुवा गरिएको बताइएको छ।
निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

निजामती सेवा विधेयक: कर्मचारी व्यवस्थापनबाट राज्य–क्षमता निर्माणतर्फको यात्रा

आजको प्रश्न कर्मचारीको व्यक्तिगत हित व्यवस्थापन मात्र होइन, बरु “नेपालले कस्तो राज्य निर्माण गर्न खोजेको हो र सो राज्य सञ्चालन गर्ने निजामती सेवाको संरचनात्मक, प्राविधिक र संस्थागत क्षमता...
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...