नेभिगेशन
नेताका कुरा

संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई नेता पौडेलको सुझाव

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पौडेलले वर्तमान सरकार संविधान र लोकतान्त्रिक मूल्यमान्यता बिपरित अघि बढ्न खाजेको भन्दै संवैधानिक मार्गदर्शन अनुसार अघि बढ्न सुझाव दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले ट्रेड युनियन अधिकार र विद्यार्थीहरूको संगठित हुन पाउने अधिकारलाई नजरअन्दाज गर्ने खालका बिषयमा एमाले ध्यान गएको समेत बताए । अहिले अध्यादेशको सिलसिला सुरु भएको भन्दै पौडेलले संसदबाट कानुन निर्माण गर्ने बाटो तर्फ अघि बढ्न समेत सरकारलाई सुझाव दिए ।

Ncell
Extreme Energy

उनले नेपालमा अहिले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का व्यहोर्नु परेको उल्लेख गर्दै आफ्ना भूलत्रुटिहरू स्वीकार गर्दै त्यसलाई सच्चाउदै आन्दोलन पुनर्गठन गरिने धारणा व्यक्त गरे ।

नेपालको कम्युनिस्ट आन्दोलन नयाँ शिरमा अगाडि बढाउँदै एमालेलाई लोकतान्त्रिक, क्रान्तिकारी र देशभक्त शक्तिको रुपमा स्थापीत गर्ने उनको भनाई छ । कार्यक्रममा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।
१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका...