नेभिगेशन
नेताका कुरा

रास्वपाले भन्यो, ‘तत्काल गर्नुपर्ने कामका लागि अध्यादेश ल्याएका हौँ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छिटो छरितो रुपमा तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएको प्रष्ट पारेको छ ।

सिंहदरबारमा बुधबार बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकले सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालको नभइ तत्काल गर्नुपर्ने कामलाई सहज बनाउनका लागि ल्याइएको प्रष्ट पारेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकपछि रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले एउटा व्यक्तिलाई या कुनै एउटा समूहलाई लाभ पुग्ने भन्दा पनि झन्झटिलो प्रक्रियाहरूबाट अगाडि बढ्ने सन्दर्भमा सरकारले अध्यादेश ल्याएको बताए। उनले सांसदहरुले भोग्नुपरेका समस्या, कानूनी सुधारका साथै आगामी आर्थिक बर्षको नयाँ बजेटका बारेमा समेत बैठकमा छलफल भएको जानकारी दिए।

Ncell
Extreme Energy

त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानलेले जनताको मत जित्दै प्रभावकारी रुपमा काम गर्न सांसदहरुलाई निर्देशन दिनुभएको मुख्य सचेतक बुर्लाकोटीले बताए। उनले संघीय संसदको अधिवेशन आह्वानका लागि पनि तयारी भइरहेको भन्दै यसबारे सरकारले छिटै निर्णय गर्ने जानकारी पाएको उल्लेख गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।
१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका...