नेभिगेशन
नेताका कुरा

तरुण दलका अध्यक्ष विद्वान गुरुङद्वारा पदबाट राजीनामा

काठमाडौँ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।

गुरुङले पार्टी निर्माणको अभियानमा सहज वातावरण बनोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको जनाएका छन् । गुरुङ २०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजीनामा पत्रमा उनले पार्टीले २०८३ मंसिर मसान्तभित्र पाँचौँ महाधिवेशन सम्पन्न गर्ने समय सीमा तोकेको भए तापनि देशको पछिल्लो राजनीतिक घटनाक्रमले उत्पन्न असहज परिस्थितिका कारण महाधिवेशन सम्पन्न गर्न नसकिएको स्वीकार गरेका छन् ।

Ncell
Extreme Energy

त्यस्तै गुरुङले लोकतन्त्रको सुदृढीकरण र नयाँ जनादेशलाई संस्थागत गर्न तरुण दललाई समय र युग सुहाउँदो ढङ्गले अगाडि बढाउनुपर्ने पनि राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

tarundal-1777468234.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।
१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका...