नेभिगेशन
नेताका कुरा

रास्वपा उम्मेदवार हुन क्याण्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनुपर्ने

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । रास्वपाले पार्टीभित्र उम्मेदवारका आकांक्षी धेरै हुने भएपछि छनोटमा सहज बनाउन क्यान्डिडेट क्लब बनाएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन पार्टीको सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछाने समक्ष उम्मेदवार छनौट रुपरेखा निर्माण समितिको तर्फबाट हस्तान्तरण गरिएको थियो ।

Ncell
Extreme Energy

पार्टीले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन उमेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति बनाएको हो । त्यस्तै उक्त समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाालाई सचिव तोकिएको छ । उता संघीय सांसदहरूसहित अन्य ५ जना सदस्य रहेका छन् ।

त्यस्तै रास्वपाले अहिलेबाटै आगामी स्थानीय तहको निर्वाचन तयारी थालेको हो। २०७९ वैशाखमा भएको स्थानीय चुनावको पाँच वर्षे कार्यकाल २०८४ सालमा पूरा हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।