नेभिगेशन
समाज

विपक्षीलाई रास्वपाले सोध्यो– तपाईंहरुले बाचापत्र कहाँ फ्याँक्नु हुन्थ्यो ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरुले सरकारको काम कारबाहीमा प्रश्न उठाइरहँदा सत्तारुढ दल रास्वपाले विपक्षी दलहरुलाई नै प्रश्न गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले अपार जनसमर्थन पाएको वर्तमान सरकारलाई कम नआँक्न सुझाव दिए । उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ झन्डै प्राप्त गर्दै यतिखेर यो देशको राजनीतिक बागडोर मात्र होइन, राज्यको सम्पूर्ण बागडोर सम्हालेर अगाडि बढ्दै छ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपनेता पराजुलीले जनताको विश्वासको कारणले नै रास्वपाले दुई तिहाइ नजिक समर्थन प्राप्त गरेको बताए।

Ncell
Extreme Energy

उनले सरकारले रास्वपाको मात्रै नभएर अन्य दलहरुको बाचापत्रलाई पनि सरकारले सम्बोधन गर्न लागेको बताए । ‘हामीले हाम्रा बाचा पत्रका मात्र कुरा गरेनौँ, हामीले त प्रतिपक्षका बाचा पत्रका पनि कुरा गरेका छौं’ उनले भने ।

रास्वपाले निर्वाचनको बेलामा गरेको बाचा पूरा गर्ने बताउँदै उनले विगतमा अन्य दलहरु सरकारमा हुँदा के गरे ? भनेर प्रश्न पनि गरे ।

‘पहिले तपाईंहरुले पनि बाचापत्र, घोषणापत्र ल्याउनु हुन्थ्यो, चुनाव सम्पन्न हुने बित्तिकै कहाँ फाँकिन्थे ? ३७ वर्षमा कति पूरा गरियो ?’ उनले प्रश्न गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।