नेभिगेशन
नेताका कुरा

‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रकाशित नतिजाअनुसार दुई लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ भई ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी सफल भएका छन् । एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । ‘ननग्रेडेड’ भएका विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षाको लाभ लिनेछन् ।

Ncell
Extreme Energy

मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन, खेलमैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताए।

बैठकमा सांसदहरुले सुकुमवासी बस्तीबाट विस्थापित  बालबालिकाको पठनपाठनकाका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने, शिक्षा विधेयक तत्काल ल्याउनुपर्ने, खेलकुद विश्वविद्यालय स्थापना गरिनुपर्ने र विद्यार्थिहरुका लागि ई–बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका थिए।

सांसदहरुले  विद्यालय खाजा कार्यक्रममा हुने गरेको अनियमितता रोक्न र विभिन्न १७ प्रकारका शिक्षकका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने विचार व्यक्त गर्दै व्यावसायिक र सीपमूलक  शिक्षाका लागि विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

शिक्षा मन्त्रालयका उच्चाधिकारीहरुले हालसम्म भए गरेका कार्यप्रगति विवरण पेस गर्दै देशभरका २७ हजार सामुदायिक विद्यालयमा दुई लाख ३२ हजार १०५ शिक्षक तथा कर्मचारी रहेको जानकारी गराइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ।
क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जात तथा वंशका आधारमा हुने विभेदलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट मान्यता दिन माग गरिएको छ ।
ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 'ऊर्जा युद्धविराम' (बिजुली र तेलका क्षेत्रमा हमला नगर्ने सहमति) भएको दाबी गरेका छन् ।
म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।

भर्खरै