नेभिगेशन
नेताका कुरा

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेद्वारा मातहतका कमिटीलाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आउँदो जेठ ३ गते मदन–आश्रित स्मृति दिवस मनाउन मातहतका कमिटीलाई निर्देशन दिएका छन्।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार भएको बैठकमा महासचिव पोखरेलले पार्टी र जनतालाई जोड्ने अवसरमा रूपमा पनि स्मृतिको दिनलाई लिन आग्रह गरेका थिए। तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस देशभर मनाउन एमालेले तयारी गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासचिव पोखरेलले प्रदेश तथा जिल्ला कमिटी र जनसङ्गठनलाई  पार्टीको विचार, नेताद्वयको योगदान र जनतासँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकूलतामा स्मृति कार्यक्रम आयोजना गर्न निर्देश गरेका हुन्।

Ncell
Extreme Energy

बैठकमा पार्टीका सचिव तथा जनसङ्गठन समन्वय संयोजक भानुभक्त ढकाल, पार्टी सचिव तथा राजधानी विशेष प्रदेश इन्चार्ज डा राजन भट्टराई, विभिन्न जनसङ्गठनका अध्यक्ष, राजधानीका पार्टी कमिटी तथा सम्पर्क कमिटीका अध्यक्षको सहभागिता रहेको थियो ।

केन्द्रस्तरमा मदननगर बल्खुमा स्मृति कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ । जिल्लास्तरमा मदन–आश्रितका योगदानको चर्चो, विचार गोष्ठी, सञ्चारमाध्यममा जनताको बहुदलीय जनवादका बारेमा परिसंवादलगायत कार्यक्रम प्रस्ताव गरिएको एमालेको केन्द्रीय कार्यालयले जनाएको छ ।

यसैगरी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी भेट्ने, अस्पतालमा बिरामी भेट्ने तथा फलफूल वितरण गर्ने र मदन–आश्रितका तस्बिर सार्वजनिक स्थलमा सजाएर राख्न पनि निर्देशन दिइएको छ । जननेता भण्डारी र नेता आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

यस्तो छ कांग्रेस इतरपक्षको पाँच बुँदे घोषणापत्र

घोषणापत्रमा पन्ध्रौँ महाधिवेशन, अन्य दलहरुसँगको संवाद, धार्मिक स्वतन्त्रता, संविधान संशोधन र सम्मेलनमा प्रस्तुत प्रतिवेदनहरुलाई अन्तिम रुप दिने लगायत विषय समेटिएका छन् ।
एमाले कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित होइन : नवीना लामा

एमाले कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित होइन : नवीना लामा

नेकपा एमाले नेता नवीना लामाले पार्टीभित्रका कार्यकर्तालाई ‘आवारा’ जस्ता अपमानजनक शब्द प्रयोग गर्नु उचित नभएको बताएकी छन्।
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति नेकपा (एमाले)ले गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

कांग्रेस इतरपक्षको भेलाका मुख्य दुई  निर्णयः देउवाकै नेतृत्वमा महाधिवेशन, शशांकको नेतृत्वमा पार्टी सञ्चालन

सम्मेलन व्यवस्थापन समितिका संयोजक दीपक कुइँकेलले घोषणा गरेको निर्णयमा भनिएको छ– ‘१४ औं महाधिवेशनबाट निर्मित गरेको जो पार्टी सभापति शेरबहादुर दाइको नेतृत्वमा रहेको कार्यसमिति छ, त्यो केन्द्रीय कार्यसमितिको...