नेभिगेशन
नेताका कुरा

चिया निर्यातको अवरोध तत्काल हटाउन सांसद सुहाङ नेम्वाङद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । हाल चिया निर्यातमा भइरहेको अवरोध समाधान गर्न साँसद सुहाङ नेम्वाङले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा इलाम–२, बाट निर्वाचित साँसद् सुहाङ नेम्वाङले  हाल भारतले नेपालको चिया निर्यातमा गरेको अवरोध कुटनीतिक पहलमार्फत समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘आर्थिक वर्ष २०८१/८२ मा मात्र करिब ४ अर्ब ५९ करोड बढीको चिया निर्यात भएको छ । समस्या के मा छ त भन्दा टी बोर्ड अफ इन्डियाले गत बैशाख १८ गते लागु गरेको स्ट्याण्डर अपोरेट्ङि प्रोसिंजरका कारण  चिया निर्यात ठप्प जस्तै भएको छ । यसले किसान, श्रमिक, उद्योगी, निर्यात कर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर परेको छ । त्यसैले म सरकारसंग अनुरोध गर्न चाहान्छु । भारत सरकारसंग तत्काल कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधन गरियोस्। र चिया किसान तथा उद्योगीहरुको संरक्षकका लागि ठोस नीति बनाइयोस् ।’

Ncell
Extreme Energy

त्यस्तै, वि.सं. १९२० मा इलामबाट सुरु भएको चियाले आज नेपालको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात र अन्तर्राष्ट्रि पहिचानसंग जोडिएको महत्पूर्ण क्षेत्र बताउँदै भारतले चिर्या निर्यातमा गरेको अवरोधका कारण करिब १५ हजार भन्दाबढी किसान र ६० हजार भन्दा बढी श्रमिक समस्यामा रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।