नेभिगेशन
समाज

सुन्धारा कारागारबाट भागेकी सपना असनबाट पक्राउ

काठमाडौँ । सुन्धारा कारागारबाट मध्यरातमा भागेकी थुनुवा सपना तामाङ पक्राउ परेकी छन् ।

२५ वर्षीया सपना नुवाकोटको विदुर नगरपालिकाकी हुन् । 
भागेर काठमाडौँको असन क्षेत्रमा बसेकी सपनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् ।

Ncell
Extreme Energy

उनी अपहरण, शरीरबन्धक, कर्तव्यज्यान लगायत कसुरमा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद भुक्तान गर्दै थिइन्।

शुक्रबार मध्यरातको समयमा उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन्।

उनलाई भगाउन सघाउने भोजपुरको भोजपुर नगरपालिका ११ का २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिए।  समीर सपनाका श्रीमान भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार समीरकी आमा सिता थापा पनि उदयपुरको जेलमा कैद भुक्तान गरिरहेकी छन्।

केन्द्रीय कारागारबाटै कैदी भागेपछि प्रहरी र कारागार प्रशासनले आन्तरिक रूपमा छानबिन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

चितवनमा २८ जनाले त्यागे नेपाली नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता प्राप्त...
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

“रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा...
उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्समा उडिरहेका दुई विमान आकाशमै ठोकिए, चार पाइलटको मृत्यु

वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।
मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको...