नेभिगेशन
समाज

सुन्धारा कारागारबाट भागेकी सपना असनबाट पक्राउ

काठमाडौँ । सुन्धारा कारागारबाट मध्यरातमा भागेकी थुनुवा सपना तामाङ पक्राउ परेकी छन् ।

२५ वर्षीया सपना नुवाकोटको विदुर नगरपालिकाकी हुन् । 
भागेर काठमाडौँको असन क्षेत्रमा बसेकी सपनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार भएकी थिइन् ।

Ncell
Extreme Energy

उनी अपहरण, शरीरबन्धक, कर्तव्यज्यान लगायत कसुरमा कसुरमा जिल्ला अदालत रसुवाबाट दोषी ठहर भई जन्मकैद भुक्तान गर्दै थिइन्।

शुक्रबार मध्यरातको समयमा उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन्।

उनलाई भगाउन सघाउने भोजपुरको भोजपुर नगरपालिका ११ का २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिए।  समीर सपनाका श्रीमान भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार समीरकी आमा सिता थापा पनि उदयपुरको जेलमा कैद भुक्तान गरिरहेकी छन्।

केन्द्रीय कारागारबाटै कैदी भागेपछि प्रहरी र कारागार प्रशासनले आन्तरिक रूपमा छानबिन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

एसिया–प्यासिफिक क्षेत्रका सांसदहरूको सम्मेलनमा जलवायु न्यायका लागि तोसिमा कार्कीको जोडदार आवाज

साउथ–इस्ट एसिया तथा एसिया–प्यासिफिक क्षेत्रका ३० भन्दा बढी देशका मन्त्री, सिनेटर, सांसद तथा विशिष्ट प्रतिनिधिहरूको भव्य उपस्थितिमा आयोजित सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले जलवायु परिवर्तन,...
ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

ओलीले ल्याए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको प्रस्ताव, शंकरको ठाडै प्रतिवाद

‘समय धेरै अगाडि बढिसक्यो । परिस्थिति कहाँ पुगिसकेको सन्दर्भमा कहाँ संसद् पुनर्स्थापनाको मुद्दा उठाउने ? यस्तो कुरा कुनै पनि हिसाबले उपयुक्त हुँदैन, यस्ता कुराको पछाडि लाग्नु सान्दर्भिक र...
विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ...
भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

भोटेकोशी बाढी : टिचिङ अस्पतालबाट ४८ घाइते डिस्चार्ज, २५ जनाको उपचार हुँदै

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परेर घाइते भएकामध्ये ४८ विरामी उपचारपछि ‘डिस्चार्ज’ भएका छन् ।

भर्खरै