नेभिगेशन
समाज

साउनदेखि कसको तलब कति ?

काठमाडौँ । सरकारले सबै तहका कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब समग्रमा २१ प्रतिशतले वृद्धि गरेको घोषणा गरेका हुन् ।

सरकारले आज बजेट वक्तव्यमार्फत तलब वृद्धिको घोषणा गरे पनि नयाँ तलबमान भने आगामी साउनदेखि लागु हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्थमन्त्रीको घोषणाअनुसार सबै तहका कर्मचारीको आधारभूत तलब १० प्रतिशतले बढाइएको हो । यसका अतिरिक्त उनीहरुले कार्यसम्पादनका आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता पाउने छन् । योसँगै यसअघि दिइँदै आएको महँगी भत्तालाई पनि कायम राखिएको छ ।

Ncell
Extreme Energy

सरकारी सेवाको सबैभन्दा तल्लो तहका कर्मचारी अर्थात कार्यालय सहयोगीले अब ४० हजार मासिक तलब पाउने छन् । हाल कार्यालय सहयोगीको तलब २७ हजार ६१२ रुपैयाँ छ ।

निजामति कर्मचारीको सबैभन्दा उच्च तह अर्थात मुख्यसचिवले अब १ लाख ४ हजार ८७ रुपैयाँ मासिक तलब बुझ्ने छन् ।

त्यसैगरी विशिष्ट श्रेणी अर्थात सचिवहरुको तलब ९७ हजार ५ सय ५ रुपैयाँ पाउने छन् भने अतिरिक्त सचिवले (पेन्सन प्रयोजन) ७८ हजार १ सय ९२ तलब बुझ्नेछन् ।

त्यस्तै, सहसचिवले ८८ हजार २१४, उपसचिवले ७८ हजार २६७ र शाखा अधिकृतले ७० हजार ६ सय ७९ रुपैयाँ मासिक तलब बुझ्ने छन् ।

शिक्षा तथा सुरक्षा सेवामा पनि यही अनुपातमा तलब वृद्धि हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।
प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...

भर्खरै