नेभिगेशन
नेताका कुरा

बजेट छलफलमा अवरोधः अर्थमन्त्रीलाई प्रतिनिधिसभाले रोष्टममा जान दिएन, राष्ट्रिय सभाले के गर्ला ?

बजेटको छलफल प्रभावित, बजेट होलिडेको खतरा

काठमाडौँ । अगामी आर्थिक वर्ष ०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) जेठ १५ मा संघीय संसदमा प्रस्तुत गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले त्यसयता संसदको रोष्टममा जान पाएका छैनन् । 

संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा विपक्षीको अवरोधले अर्थमन्त्री वाग्ले आफूले ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोडको बजेटलाई पारित गराउने प्रक्रियामा अगाडि बढाउन सकेका छैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभामा १८ जेठबाटै बजेटमाथिको छलफल अगाडि बढाउने तयारी थियो । तर, प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षीको अवरोधले बैठक नै चल्न नसक्दा अर्थमन्त्री वाग्लेले रोष्टममा गएर 'आर्थिक वर्ष ०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्न पाएका छैनन् । 

Ncell
Extreme Energy

१९ गतेको बैठकमा पनि अवरोध कायमै रहँदा बजेट छलफल प्रक्रियामा जान सकेन । सभामुख डोल प्रसाद अर्यालले जेठ २५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिदिएका छन् । 

प्रतिनिधिसभाको रोष्टमबाट बजेट छलफल अगाडि बढाउने प्रस्ताव राख्न नपाएका अर्थमन्त्री वाग्लेले आज राष्ट्रियसभामा यो प्रस्ताव राख्ने कार्यसूची छ ।

 दिउँसो १२:१५ बजे बस्ने बैठकमा वाग्लेले रोष्टमबाट आर्थिक वर्ष ०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने र छलफल प्रारम्भ हुने कार्यसूची छ । तर, प्रतिनिधिसभामा प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर १८ र १९ गतेको बैठक अवरोध गरेकाले आज विपक्षी दलले राष्ट्रियसभा चल्न दिने अवस्था छैन । 

यद्यपि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिको विवाद प्रतिनिधिसभाको भएकाले यो विषय उतैलाई छोडिदिएर बैठक सञ्चालन गर्न दलहरुसँग छलफल गरिरहेका छन् । छलफलमा विपक्षी दल कन्भिन्स भए अर्थमन्त्री वाग्लेले बजेट छलफल अगाडि बढाउने प्रस्ताव रोष्टमबाट पेस गर्न पाउनेछन् । 

विपक्षीकाे अवराेध जारी रहे असार मसान्तभित्र बजेट पारित नभए देश बजेट होलिडेमा जाने खतरा हुन्छ । यस्तो भएमा राज्य सञ्चालनमा प्रभाव पर्न सक्छ । 

राष्ट्रिय सभामा अवरोध हटाउन सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पनि सम्वाद गरिरहेकी छिन् । 

राष्ट्रियसभामा बजेटका साथै अर्थमन्त्री वाग्लेले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची समेत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारीका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान

पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान

गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जे क्षेत्रमा पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।