नेभिगेशन
नेताका कुरा

संसदमा पठाउने विधेयक फाइनल गर्न भूमि र महिलामन्त्रीसँग छलफल गर्दै कानुनमन्त्री गौतम

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा संघीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरुसँग छलफल प्रारम्भ गर्दैछ । 

कानुन मन्त्री सोविता गौतमले विहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र सचिव राधिका अर्यालसँग छलफल गर्न लागेको कानुन मन्त्रालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महिला मन्त्री बादीसँग ३ बजे र भूमिमन्त्री रावलसँग ४ बजे कानुन मन्त्रालयमा छलफल हुनेछ । 

Ncell
Extreme Energy

विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकताक्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ ।

'कानुनमन्त्रीज्यूले आगामी आर्थिक वर्षमा पेस गर्ने विधेयक फाइनल गर्न मन्त्रालयहरुसँग क्रमबद्ध छलफल गर्नुहुन्छ,' सचिवालयले भनेको छ, 'असारसम्म सबै विधेयकको सूची पठाउन कानुन मन्त्रालयले तयारी गरिरहेको छ ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ।
पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

उत्तरी गोरखामा ठूलो पानी परेको छैन। तर आइतबार बिहानै बुढीगण्डकीमा लेदोसहितको भेलबाढी आयो।
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...
चुमनुब्रीका ३५ घर बगे

चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।