नेभिगेशन
नेताका कुरा

अर्थमन्त्री वाग्लेको चुनौती: दुई रुपैयाँ पनि बदमासी गरेको देखाइदिनुस्, सार्वजनिक जीवन नै त्याग्छु

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेको आरोप पुष्टि गर्न सांसदहरुलाई चुनौती दिएका छन् ।

विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्‍नउपर छलफल गर्न विहीबार विहान बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'कर बढ्दैछ भन्ने सूचना दिएको कुरा ननसेन्स हो । कर घट्ने सूचना पाएर कसैले करोडौ घाटा हुनेगरी कसैले गाडी ल्याउँछ ? यसमा प्रमाण लिएर आउनुस् । म त कठघरामा उभिन तयार छु । अर्ब खर्ब भनिदिएको छ जथाभावी,' उनले भने, 'दुई अर्ब होइन दुई रुपैयाँ बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन सांसदमात्र होइन म सार्वजनिक जीवन नै त्याग गर्न तयार छु । यो मेरो चुनौती हो । यो स्तरको नैतिक आँट र उचाइँ सदस्यहरुले राख्न शुभकामना दिन्छु,' उनले भने ।   

Ncell
Extreme Energy

वाग्लेले दुई अर्बको आशंका गरेर लाल्छना लगाउनेलाई दुई रुपैयाँ पनि बेइमानी गरेको देखाउन चुनौती दिँदै सार्वजनिक जीवन नै त्याग्ने चुनौती दिएका हुन् ।

वाग्लेले संसदलाई जानकारी गराएरै अर्थ विधेयकमा भएका त्रुटि संशोधन गरिएको पनि स्पष्ट पारे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ।
पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

उत्तरी गोरखामा ठूलो पानी परेको छैन। तर आइतबार बिहानै बुढीगण्डकीमा लेदोसहितको भेलबाढी आयो।
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...
चुमनुब्रीका ३५ घर बगे

चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।