नेभिगेशन
जनप्रतिनिधिका कुरा

सुनिल र सस्मितलाई बोलाएर सोविताले भनिन् : जेन जी आन्दोलनको म्याण्डेटअनुसार काम गरौं

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पछिल्लो जेन जी आन्दोलनको म्याण्डेटअनुसार काम गर्न मन्त्रीहरुलाई अनुरोध गरेकी छिन् ।

आगामी आर्थिक वर्षमा सदनमा पेस गर्नुपर्ने विधेयकहरुको सूची निर्माणबारे सोमबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग मन्त्रालयमा छलफल गर्दै कानुन मन्त्री गौतमले नयाँ पुस्ताको भावना, नयाँ सोच र अवधारणालाई कानूनमा रूपान्तरण गर्नेगरी विधेयकहरुमा काम गर्न अनुरोध गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री गौतमले विधायन ऐनअनुसार आगामी आर्थिक वर्षमा संसदमा पेस गरिने विधेयकहरूको सूची असार मसान्तभित्र बुझाउनुपर्ने भएकाले समयमै विधेयकहरु मस्यौदा गरी पठाउन मन्त्रीहरुलाई ताकेता पनि गरेकी थिइन् । 

Ncell
Extreme Energy

मन्त्री गौतमले शिक्षा मन्त्रालयबाट प्रस्तावित विधेयकले मन्त्रालयको दीर्घकालीन योजना पूरा गर्छ कि गर्दैन भन्ने स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै आवश्यक संशोधन वा थप विषय समावेश गर्नुपर्ने भए प्राथमिकता सूची बुझाउन आग्रह गरिन् । संसदमा प्रस्तुत गरिने विषयवस्तुमा सबै मन्त्रालयबीच समन्वय र समान बुझाइ आवश्यक रहेको उनको भनाइ थियो । 

छलफलमा शिक्षा मन्त्री पोख्रेलले दीर्घकालीन र दिगो हुने गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै हालको कानूनले आधुनिक शिक्षाको आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताए । उनले समयानुकूल र पछिल्लो पुस्ताको आवाज सम्बोधन हुनेगरी विधेयकको मस्यौदा गर्ने प्रतिबद्धता समेत जनाए । 

त्यसैगरी पूर्वाधार विकास मन्त्री लम्सालले अन्तर–मन्त्रालयगत विषयहरूमा स्पष्टता ल्याइने र सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरी प्रभावकारी कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए । 

मन्त्रालयको कार्यक्षेत्र विस्तार भएकाले सोअनुसार कानून तथा नीतिगत तयारीलाई अघि बढाउनुपर्नेमा छलफल केन्द्रित भएको थियो ।

sobita-sasmit1-1781580363.jpg
 

यसअघि कानुनमन्त्री गौतमले महिला, भूमि, पर्यटन र वन मन्त्रालयसँग विधेयकको प्राथमिकीकरण र समयमसीमा भित्र आउन सक्ने विधेयकको सूचीबारे छलफल गरेकी थिइन्र्नु । चारै जना मन्त्रीले समयसीमाभित्र आवश्यक विधेयकको मस्यौदा तयार गरी पठाउने प्रतिबद्धता जनाएका थिए । 

कानुन मन्त्री गौतमले सरकारको सय बुँदे कार्ययोजनाअनुसार सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक कानुनहरुको निर्माण तथा भएका कानुनमा सशोधनका लागि विधेयकहरु निर्माण गर्न अन्तर मन्त्रालय छलफल गरिरहनुभएको छ । साथै विधायन ऐनअनुसार आगामी आवमा सदनमा पेस गर्ने विधेयकहरुको सूची असार मसान्तभित्र बुझाउन मन्त्रालयहरुलाई मार्गदर्शन पनि गरिरहनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका ‘बिवाइडी’ फुकुवा

मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका ‘बिवाइडी’ फुकुवा

सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका  ती  सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।
के एमाले फुट्दैछ?

के एमाले फुट्दैछ?

सर्वश्व गुमाएर खरानी हात पारेको एमालेले ओलीका नाममा त्यही खरानी पनि गुमाउने अवस्था आउन दिने सम्भावना अब छैन भन्दा पनि हुन्छ।
भूमिमन्त्री रावलको पहल: स्थानीय तहबाटै सुरु भयो नापी तथा मालपोत सेवा, अधिकार पाएपछि कागेश्वरी मनोहराले बाँड्यो लालपुर्जा

भूमिमन्त्री रावलको पहल: स्थानीय तहबाटै सुरु भयो नापी तथा मालपोत सेवा, अधिकार पाएपछि कागेश्वरी मनोहराले बाँड्यो लालपुर्जा

कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह सुरु गरेको छ । सेवा सञ्चालनको पहिलो दिन सोमबार नगरपालिकाले लालपुर्जा वितरण गर्दै सेवा हस्तान्तरणको औपचारिक सुरुवात गरेको...
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।