नेभिगेशन
जनप्रतिनिधिका कुरा

सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

८ मन्त्रीले जवाफ दिँदै, रक्षा मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले के गर्लान ?

काठमाडौँ । प्रतिनिधि सभामा आज ८ जना मन्त्रीले आगामी आर्थिक वर्षको बजेटअन्तर्गत आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । 

संसद सचिवालयकाअनुसार विनियोजन विधेयक (मन्त्रालयगत बजेट शीर्षक) माथिको छलफलमा उठेको प्रश्नमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, गृह मन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थ मन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रक्षा मन्त्रालय सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने वा नदिने तय भएको छैन । 

Ncell
Extreme Energy

संसद सचिवालयकाअनुसार विगतका प्रधानमन्त्रीको तर्फबाट मन्त्रीले जवाफ दिएका उदाहरण छन् । आज पनि प्रधानमन्त्री शाहले आफै जवाफ दिन्छन् वा मन्त्री तोक्छन् भन्ने तय भएको छैन । 

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दैछ ।  

विनियोजन शीर्षकमाथि उठेका प्रश्नमा बुधबार ८ जना मन्त्रीले जवाफ दिएका थिए । 

मन्त्रीहरुको जवाफ सकिएपछि विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमा विपक्षी सांसदहरुबाट परेको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । विपक्षीका २० जना सांसदले खर्च कटौती प्रस्ताव राखेका छन् । तिनलाई बहुमतले अस्वीकृत गरिनेछ । 

त्यसपछि विनियोजन विधेयक, २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसपछि मन्त्रालयगत बजेटसँग जोडिएको विनियोजन विधेयक पारित हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।