नेभिगेशन
जनप्रतिनिधिका कुरा

देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

काठमाडौँ । सरकारले देवानी कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कानुन संशोधनका लागि मस्यौदा नै तयार पारेको छ र मस्यौदामा सुझाव दिन सार्वजनिक सूचना जारी गरेर अपिल गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कानुन मन्त्री सोविता गौतमले आफूले पद सम्हालेपछि जनताले अनलाइनबाट सोझै सुझाव दिन पाउनेगरी व्यवस्था गरेकी छिन् । उक्त व्यवस्थाअनुसार मन्त्रालयले सुझाव दिन आह्वान गरेको हो । 

Ncell
Extreme Energy

मन्त्रालयले मुलुकी देवानी संहिता २०७४ लाई संशोधन गर्न विधेयक र मुलुकी देवानी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न विधेयकको मस्यौदा तयार गरेको छ । 

विधेयकको मस्यौदा तथा विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभाव सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको भन्दै मन्त्रालयले विधेयकउपर मन्त्रालयद्वारा सञ्चालित सुझाव पोर्टल ल फिडब्याक मार्फत १५ दिनभित्र आफ्नो राय उपलब्ध गराउन अनुरोध गरिएको छ । 

देवानी कानुन परिवार, सम्पत्ति र पदसँग सम्बन्धित हुन्छ । यसमा अंशवण्डा, अपुताली, लेनदेन, करार सम्बन्धी, सम्बन्ध विच्छेद, नाता कायम, दुष्कृतिसँग सम्बन्धित मुद्दा  पर्छन् ।

परिवार र समुदायसँग सम्बन्धित कानुनमा सरकारले समाजका सबै पक्षबाट सुझावको अपेक्षा गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
बेपत्ता बालबालिकाको खोजीमा एआई

बेपत्ता बालबालिकाको खोजीमा एआई

मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ।
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।