नेभिगेशन
जनप्रतिनिधिका कुरा

प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दैछ । बैठकले बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची छ । 

आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेटका लागि १५ जेठमा सरकारले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेस गरेको थियो । विनियोजन विधेयक ४ असारमा पारित भइसकेको छ । बाँकी दुई विधेयक आज पारित गर्ने कार्यसूची छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद सचिवालयकाअनुसार आजको बैठकमा आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । विधेयक आजै पारित गर्ने कार्यसूची छ । 

Ncell
Extreme Energy

त्यसपछि अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । छलफलपछि यो विधेयकमाथि परेका संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । अनि अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सभाले विधेयक पारित गरेपछि आगामी आव ०८३/०८४ को बजेट पारित हुनेछ । 

यसअघि विनियोजन विधेयक पारित गरेको प्रतिनिधिसभाले आज आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेसँगै बजेट प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले पारित गरेपछि साउन १ बाट बजेट कार्यान्वयनमा आउनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।