नेभिगेशन
जनप्रतिनिधिका कुरा

सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्यास पढाउँदै संसद् सचिवालय

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका २७५ जना सांसदलाई आजदेखि प्रशिक्षण दिँदैछ । 

संसदीय प्रक्रिया र अभ्यासबारे सांसदहरुलाई प्रशिक्षण दिन लागिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाहलको एक तलामाथि रहेको उत्तर पश्चिम सभाहलमा प्रशिक्षण सञ्चालन हुनेछ । 

Ncell
Extreme Energy

संसद सचिवालयको संसदीय प्रशिक्षण शाखाले यो प्रशिक्षण दिन लागेको हो । 

२१ फागुनको निर्वाचनबाट निर्वाचित नयाँ सांसदहरुले संसदीय प्रक्रिया र अभ्यासबारे पर्याप्त जानकारी नहुँदा सदनमा अपरिपक्वता देखाउने गरेका छन् । कतिपय नियमबारे जानकार नहुँदा प्रक्रिया मिच्ने गरेका छन् । जसले सदनलाई अनुशासनमा बाध्न सकेको छैन । 

यो प्रशिक्षणले सांसदहरुलाई संसदको आधारभूत प्रक्रिया र अभ्यासबारे अवगत गराउने विश्वास संसद सचिवालयले लिएको छ । 

प्रशिक्षण आज विहान १० देखि अपराह्न ४ बजेसम्म चल्नेछ भने भोलि ११ देखि ३:३० बजेसम्म चल्ने सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।