नेभिगेशन
जनप्रतिनिधिका कुरा

सुशासन र सेवा प्रवाहका लागि बालेन सरकारले ल्याएका चार विधेयक पारित गर्दै प्रतिनिधि सभा

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले चारवटा विधेयक पारित गर्दैछ । विधेयक पारित प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दैछ । 

सरकारले सुशासन कायम गर्न र सेवा प्रवाह सहजीकरणका लागि ८ वटा अध्यादेश ल्याएकोमा चारवटा स्वीकृत भई प्रतिस्थापन विधेयक ल्याएको थियो । अघिल्लो बैठकमा प्रतिस्थापन विधेयकमा छलफल सकाएको प्रतिनिधि सभाले आज विधेयकमा परेका संशोधनमाथि दफावार छलफल गर्दै पारित गर्न लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छिन् । सभामुखले विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीकाे तर्फबाट कानुनमन्त्री गौतमले विधेयक पारित गरियोस्भनी प्रस्ताव प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची छ । 

Ncell
Extreme Energy

यसैरी अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
मन्त्री वाग्लेले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् र पारित हुनेछ । 

यसैगरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
मन्त्री रावलले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छिन् र पारित हुनेछ । 

यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
मन्त्री मेहताले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् र पारित हुने कार्यसूची छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।