नेभिगेशन
जनप्रतिनिधिका कुरा
संसदीय मैत्री समूह

गणेश चीन, कविन्द्र क्यानडा, निशा अमेरिका, विपीन भारत, तोसिमा जर्मनी र मनिषलाई बेलायत हेर्ने जिम्मा

काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाहले पार्टीका सांसदहरुलाई विभिन्न देश हेर्ने जिम्मेवारीमा सिफारिस गरेका छन् । 

सिफारिसअनुसार सभामुख डोलप्रसाद अर्यालले सम्बन्धित देशको संसदसँग समन्वय गर्नेगरी संसदीय मैत्री समूह गठन गर्ने निर्णय गरेका छन् । ४३ देशका लागि संसदीय मैत्री समूह गठन गरिएको संसद सचिवालयले जनाएको छ । मैत्री समूह गठनका लागि संसद सचिवालयले दलहरुसँग नाम माग गरेकाे थियो । दलका नेता बालेनले सभापति रबि लामिछानेसँग सल्लाह गरी मैत्री समूहका लागि सांसदहरुकाे नाम पठाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद सचिवालयकाअनुसार रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीलाई चीनको जिम्मा दिइएको छ । नेपाल-चीन संसदीय मैत्री समूहको संयोजकको जिम्मेवारी पराजुलीले पाएका हुन् । यो समूहको सदस्यमा बसुमाया तामाङ, रञ्जु न्यौपाने, विश्वराज पोखरेल, टेकबहादुर गुरुङ र भरत गिरी छन् । 

Ncell
Extreme Energy

यसैगरी रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले क्यानडाको जिम्मेवारी पाएका छन् । नेपाल क्यानडा संसदीय मैत्री समूहको सदस्यमा बब्लु गुप्ता, स्मृति सेन्चुरी, यज्ञमणि न्यौपाने, नरेन्द्रकुमार केरुङ, रामबहादुर थापा, महेन्द्रबहादुर शाही छन् । 

रास्वपा सहमहामन्त्री निशा डाँगी अमेरिकाको संसदसँग समन्वय गर्ने जिम्मेवारी पाएकी छिन् । नेपाल अमेरिका मैत्री समूहमा हरिप्रसाद भुसाल, सन्तोष राजवंशी, ज्ञानेन्द्रसिंह महता, जीतजंग बस्नेत, रुक्मिणी देवी कोइराला, गोपाल शर्मा, सरस्वती लामा, अम्बिका देवी संग्रौला सदस्य छन् । 

रास्वपा महामन्त्री विपीन आचार्यले छिमेकी भारतको संसदसँग समन्वय गर्ने जिम्मेवारी पाएका छन् । नेपाल भारत मैत्री समूहमा विदुशी राणा, अरविन्द साह, पुनमकुमारी अग्रवाल, चन्द्रमोहन यादव, सन्दिप राना, मोहम्मद इस्तियाक राई, ताहिर अली भाट, आरेन राई र महन्थ ठाकुर सदस्य छन् । 

सांसद डा. तोसिमा कार्कीलाई जर्मनको संसद हेर्ने जिम्मेवारी दिइएको छ । नेपाल जर्मनी संसदीय मैत्री समूहमा नरेन्द्रकुमार गुप्ता, श्रीधर पोखरेल, खम्मबहादुर खाती, टुका भद्रा हमाल, नरबहादुर विष्ट, तुलप्रसाद विश्वकर्मा सदस्य छन् । 

सांसद मनिष झालाई बेलायतको संसद हेर्ने जिम्मा दिइएको छ । बेलायत संसदीय व्यवस्थाको जननी हो । नेपाल युके मैत्री समूहमा सागर भुसाल, कृपा महर्जन, राजुनाथ पाण्डे, भूमिका सुब्बा लिम्बु, पूर्णप्रसाद लिम्बु सदस्य छन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार संसदीय मैत्री समूहले विभिन्न देशसँगको कूटनीतिक सम्बन्धमा आपसी सम्वाद र संसदीय अनुभव र अभ्यास आदानप्रदान गर्छ ।

ट्र्याक-टु डिप्लोमेसी (संसद् तहको कूटनीति) अन्तर्गत महत्वपूर्ण भूमिका खेल्छ । दुई देशबीचको औपचारिक तथा अनौपचारिक कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउन मदत गर्छ ।

साझा हित, व्यापार, पर्यटन र विविध मुद्दामा सहकार्यका लागि संवाद गर्न भूमिका खेल्छ । नागरिक टु नागरिक सम्बन्धलाई संसदमार्फत थप परिष्कृत बनाउने काम गर्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै