नेभिगेशन
जनप्रतिनिधिका कुरा

राज्यका निकायमा ५० प्रतिशत महिला पुर्‍याउनेगरी संविधान संशोधन गरौं : आरेन राई

लोकतन्त्रमाथि छेडखानी गरियो भने सिंहदरबारमा बस्ने शासकविरुद्ध विद्रोह हुने चेतावनी

काठमाडौँ । श्रम संस्कृति पार्टीका महासचिव एवं प्रमुख सचेतक आरेन राईले राज्यका सबै निकायमा ५० प्रतिशत महिला पुर्‍याउनेगरी संविधान संशोधन गर्न माग गरेका छन् ।  

प्रतिनिधि सभाको आकस्मिक समय बोल्दै सांसद राईले संविधान संशोधनको नाममा प्रदेश खारेजी स्वीकार्य नहुने चेतावनी दिए । 'लोकतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि छेडखानी गर्ने जुन दुस्साहस गरेको छ, त्यो मान्य छैन,' उनले भने ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद राईले संविधान संशोधन गर्ने हो भने एकतिहाइ महिलालाई ५० प्रतिशत पुर्याइयोस् भनेर माग गरे । ' आदिवासी, जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, उत्पीडित, पछाडि पारेको समुदायलाई माथि उठाउनेगरी, विद्यार्थी मजदुर, किसानको पक्षमा अधिकार दिनेगरी संशोधन गरौँ,' उनले भने ।  

Ncell
Extreme Energy

राईले लोकतन्त्रमाथि छेडखानी गरियो भने सिंहदरबारमा बस्ने शासनविरुद्ध विद्रोह हुने चेतावनी पनि दिए । 'त्यसैले उत्पीडित र पिछडिएको वर्गका पक्षमा संविधान संशोधन गरौं,' उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।