नेभिगेशन
जनप्रतिनिधिका कुरा

लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै, मन्त्रीद्वय महावीर पुन र शिशिर खनाल सहभागी हुने

काठमाडौँ । प्रतिनिधि सभाका तीनवटा विषयगत समितिको बैठक आज बस्दैछ । 

संसद सचिवालयकाअनुसार सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको आन्तरिक कार्यविधि पारित सम्बन्धमा, बेरुजु छलफल उपसमिति गठन सम्बन्धमा र विविध गरीं तीन एजेण्डामा लेखा समिति विहान ९ बजे बस्दैछ । 

Ncell
Extreme Energy

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्न विहान ९ बजे शिक्षा समितिको बैठक बस्दैछ । 

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन उपस्थित हुनेछन् । यसैगरी विज्ञान मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक र विषय विज्ञ डा. गोपाल चौधरी उपस्थित हुनेछन् । 

यसैगरी परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराउने र विविध एजेण्डामा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक विहान ९:३० बजे बस्दैछ । 

बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत राई उपस्थित हुनेछन् । 

आज प्रतिनिधि सभाको बैठक छैन । मिनि संसदका रुपमा रहने समितिहरुको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।