नेभिगेशन
जनप्रतिनिधिका कुरा

बालेनले विद्यार्थीलाई सैन्य तालिम दिनेगरी ल्याएको विधेयक संसदमा अगाडि बढाउने जिम्मा सोवितालाई

काठमाडौँ । १३ वर्षदेखि २१ वर्ष उमेरका विद्यार्थीलाई सैन्य तालिम दिन प्रधानमन्त्री बालेन्द्र शाहले ल्याएको विधेयक आज प्रतिनिधि सभामा प्रस्तुत हुँदैछ । 

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहले हालै प्रतिनिधि सभामा दर्ता गरेको राष्ट्रिय सेवा दल विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्री शाहले विधेयक प्रस्तुत गर्ने जिम्मा कानुन मन्त्री गौतमलाई दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विधेयकमा विद्यार्थीहरुलाई नेपाली सेनाका अधिकारीले तालिम दिने र आवश्यक परेका बेलाको सेनाको व्याकअपका रुपमा परिचालन हुने गरी प्रस्ताव गरिएको छ । तालिम दिने विद्यार्थीहरु सेना आफैले छनोट गर्ने व्यवस्था गरिएको छ । विधेयकमा आवश्यक परेको बेला अन्य नागरिकलाई समेत तालिम दिने र स्वयंसेवकका खटाउने प्रस्तावसमेत छ । 

Ncell
Extreme Energy

प्रधानमन्त्री शाहले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न आवश्यक परेको विधेयकमा उल्लेख गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा कानुनमन्त्री गौतमले प्रधानमन्त्रीकै तर्फबाट नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा राष्ट्रिय अनुसन्धान विभागलाई गृहबाट प्रधानमन्त्री कार्यालय मातहत ल्याउने प्रस्ताव छ । 

यसैगरी आजको बैठकमा कानुन मन्त्री गौतमले प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औ वार्षिक प्रतिवेदन पनि पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।