नेभिगेशन
जनप्रतिनिधिका कुरा

प्रधानमन्त्रीको जवाफ खोज्दै सदनमा एकसाथ उठे सबै विपक्षी दल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ खोज्दै विपक्षी दलका सांसद प्रतिनिधि सभामा उठेर विरोध जनाएका छन् । 

प्रतिनिधि सभाको बिहीबार विहान बसेको बैठकको सुरुवातमा प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरु एकसाथ उठेर प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने माग गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले जेठ १७ को प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति सदनमा आएर सच्याउनुपर्ने, माफी माग्नुपर्ने माग उनीहरुले गरेका छन् । 

Ncell
Extreme Energy

सभामुख डोलप्रसाद अर्यालले आजको बैठकको कारवाही सुरु हुन्छ भन्ने वितिकै विपक्षी बेन्चका सांसदहरु जुरुक्क उठेका थिए । उठेपछि सभामुख अर्यालले समय दिएका थिए । 

विपक्षीका तर्फबाट कांग्रेस सांसद हरिनादेवी कामी, एमालेकी यशोदा बराल, नेकपाकी भीमकुमारी बुढामगर, श्रम संस्कृतिका पूर्णप्रसाद लिम्बु, राप्रपाकी खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै सच्याउनुपर्ने र त्यसका लागि सदनमा बोलाउनुपर्ने माग गरेका थिए । उनीहरुले सत्तारुढ सांसद राष्ट्रियताको विषयमा मौन बसेको पनि प्रश्न उठाए ।  

उनीहरुले सुकुम्बासीको विचल्ली पारिएको भन्दै व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।