नेभिगेशन
समाज

भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय सुनाएको छ । केहीदिन अघि अभियुक्तहरुलाई दोषी ठहर भएका अभियुक्तहरुलाई आज सजाय सुनाइएको हो । 

जस अनुसार नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई २ वर्ष कैद र २० हजार जरिवाना निर्धारण गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो । 

Ncell
Extreme Energy

४ वर्ष कैद सजाय र ४० हजार जरिवाना तोकिएकाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङ्टेवा शेर्पा, टेकनारायण पाण्डे छन् । 

उनीहरुलाई जनही सरकारी लिखत किर्ते कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना, ठगीमा १ वर्ष कैद र १० हजार जरिवाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना, राज्य विरुद्धको कसुरको दफा ५१(४) अन्तर्गत ६ महिना कैद र ५ हजार जरिवाना तोकिएको छ । 

यस्तै नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेललाई १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । १५ जनालाई मंगलबार सजाय निर्धारण गरिएको हो । 

भुटानी शरणार्थीको प्रकरणमा सजाय निर्धारण भएको प्रतिवादीलाई विभिन्न कसुरमा कैद र जरिवाना तोकिएकोमा फैसला  कार्यान्वयन हुने कैद र जरिवाना भने एकीकृत तर्फको कसुरमा ठहरेको कैद र जरिवाना हो । जुन सबैभन्दा बढी सजायमा दोस्रो धेरै सजायको आधा जोडी निर्धारण गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खाली गर्न अटेरी गरेपछि नेपाल निजामति कर्मचारी संगठनको कार्यालयमा सरकारले लगायो ताला

खाली गर्न अटेरी गरेपछि नेपाल निजामति कर्मचारी संगठनको कार्यालयमा सरकारले लगायो ताला

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार २२ गते सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र...
भुटानी शरणार्थी प्रकरणः कांग्रेस नेता बालकृष्ण खाँडलाई २ वर्ष कैद र २० हजार जरिवाना

भुटानी शरणार्थी प्रकरणः कांग्रेस नेता बालकृष्ण खाँडलाई २ वर्ष कैद र २० हजार जरिवाना

४ वर्ष कैद सजाय र ४० हजार जरिवाना तोकिएकाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङ्टेवा शेर्पा, टेकनारायण पाण्डे छन् ।
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

जस अनुसार नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो ।
राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

इजलासले सजाय निर्धारणका लागि असार ३२ गतेका लागि पेशी तोकेको छ ।