नेभिगेशन
समाज

समता कर हटाउन प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच एक घण्टा भएको थियो छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै निजी शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको ३ प्रतिशत समता शुल्क लागु नगर्ने घोषणा गरे । उनले लेखे– ‘माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ।’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि संसदमा बजेट पेश गर्दै साउनदेखि निजी शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत समता कर लगाइने घोषणा गरेपछि केही आलोचना भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन लागेसँगै निजी विद्यालय तथा कलेज र अस्पतालहरुले बिलमा ३ प्रतिशत समता कर लगाउन थालेपछि आलोचनाको पारो केही बढेको थियो ।

Ncell
Extreme Energy

त्यही क्रममा सोमबार दिउँसो प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. वाग्लेबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिव १ घण्टा छलफल भयो ।

सिंहदरबार स्रोतका अनुसार, छलफलका क्रममा प्रधानमन्त्री र अर्थमन्त्रीले एउटा उपाय निकाले– तत्कालका लागि समता शुल्क फिर्ता लिने । ‘सोही अनुसार नै प्रधानमन्त्रीले समता शुल्क फिर्ता लिएको घोषणा गर्नु भएको हो’ स्रोतले सिधाकुरासँग भन्यो ।

समता शुल्क कसरी फिर्ता हुन्छ ?

प्रधानमन्त्रीको घोषणाले समता शुल्क निष्कृय भएको छ । अझ भनौं स्थगन भएको छ ।

यसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्छ ।

सम्भवतः भोलि मन्त्रिपरिषद बैठक बस्ने छ र सोही बैठकबाट समता शुल्क फिर्ता लिने औपचारिक निर्णय हुने छ ।

त्यसपछि सरकारले उक्त निर्णयबारे संसदलाई जानकारी गराउने छ ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत घोषणा गरेलगत्तै निजी(संस्थागत) विद्यालयहरुले समता शुल्कको नाममा तीन प्रतिशत थप शुल्क नलिने बताएका छन् । यदि कुनै विद्यालय तथा कलेजले शुल्क लिइसकेको भए फिर्ता हुने उनीहरुको भनाइ छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएल विजेताले डेढ करोड पाउने, ७० करोड कारोबार गर्ने

एनपीएल विजेताले डेढ करोड पाउने, ७० करोड कारोबार गर्ने

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।
कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपाल आइपुगे

३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टी २०...