नेभिगेशन
समाज

समता कर हटाउन प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेबीच एक घण्टा भएको थियो छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै निजी शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको ३ प्रतिशत समता शुल्क लागु नगर्ने घोषणा गरे । उनले लेखे– ‘माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ।’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि संसदमा बजेट पेश गर्दै साउनदेखि निजी शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत समता कर लगाइने घोषणा गरेपछि केही आलोचना भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन लागेसँगै निजी विद्यालय तथा कलेज र अस्पतालहरुले बिलमा ३ प्रतिशत समता कर लगाउन थालेपछि आलोचनाको पारो केही बढेको थियो ।

Ncell
Extreme Energy

त्यही क्रममा सोमबार दिउँसो प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. वाग्लेबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिव १ घण्टा छलफल भयो ।

सिंहदरबार स्रोतका अनुसार, छलफलका क्रममा प्रधानमन्त्री र अर्थमन्त्रीले एउटा उपाय निकाले– तत्कालका लागि समता शुल्क फिर्ता लिने । ‘सोही अनुसार नै प्रधानमन्त्रीले समता शुल्क फिर्ता लिएको घोषणा गर्नु भएको हो’ स्रोतले सिधाकुरासँग भन्यो ।

समता शुल्क कसरी फिर्ता हुन्छ ?

प्रधानमन्त्रीको घोषणाले समता शुल्क निष्कृय भएको छ । अझ भनौं स्थगन भएको छ ।

यसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्छ ।

सम्भवतः भोलि मन्त्रिपरिषद बैठक बस्ने छ र सोही बैठकबाट समता शुल्क फिर्ता लिने औपचारिक निर्णय हुने छ ।

त्यसपछि सरकारले उक्त निर्णयबारे संसदलाई जानकारी गराउने छ ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत घोषणा गरेलगत्तै निजी(संस्थागत) विद्यालयहरुले समता शुल्कको नाममा तीन प्रतिशत थप शुल्क नलिने बताएका छन् । यदि कुनै विद्यालय तथा कलेजले शुल्क लिइसकेको भए फिर्ता हुने उनीहरुको भनाइ छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...
टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।
प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

प्रचण्ड भन्छन्– उद्धार कार्यमा सरकार अझ गम्भीर बन्नुपर्छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उद्धार कार्यमा राज्य तथा वर्तमान सरकार अझ बढी जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन् ।
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...

भर्खरै