नेभिगेशन
मुख्य समाचार

सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

‘अधिक तरलतालाई लगानीमा रूपान्तरण गर्ने उपाय खोजौँ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेको अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग मंगलबार भएको छलफलमा उनले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र बैंकिङ क्षेत्रले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रसँगको छलफललाई अर्थतन्त्र पुनर्जीवित गर्ने अभियानको अर्को चरणका रूपमा व्याख्या गरे । उनका अनुसार उत्पादन, लगानी, बचत र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली रहेकाले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञान सबैभन्दा बढी बैंकहरूले नै बुझ्ने अवस्था छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले व्यवसायीहरू लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन्, ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन, तथा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादनशील क्षेत्रमा किन परिचालन हुन नसकेको भन्ने विषयमा सीईओहरूसँग स्पष्ट धारणा मागे ।

Ncell
Extreme Energy

अर्थमन्त्रीले यसको समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वासमध्ये कहाँ बढी केन्द्रित छ भन्ने विषयमा खुला छलफल आवश्यक रहेको बताए । साथै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, नियामकीय व्यवस्था र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रबीचको समन्वय कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि सुझाव मागे ।

सरकार नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै उनले आवश्यक परे कानुन संशोधन, प्रक्रियागत सुधार र नीतिगत निर्णय लिन सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

वाग्लेले बैंकिङ क्षेत्रलाई केवल नियमनको विषयका रूपमा नभई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा लिनुपर्ने धारणा राखे । सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियन्त्रित निकायको मात्र नभई आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्वका लागि साझा राष्ट्रिय जिम्मेवारी भएको उनको भनाइ थियो ।

उनले आजको छलफलबाट आएका सुझावलाई कार्यान्वयनयोग्य रोडम्यापमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउँदै विश्वास निर्माण, लगानी विस्तार, उत्पादन वृद्धि र उच्च आर्थिक वृद्धिको नयाँ चरणमा प्रवेश गराउने साझा लक्ष्य हासिल गर्न सरकार र बैंकिङ क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

मौसमविद् भन्छन्- ८–१० दिनपछि नेपालमा मौसम बदलीको सम्भावना छ

अरब सागर र बंगालको खाडीमा सम्भावित नयाँ मौसमी प्रणाली विकास भएर नेपालमा प्रभाव पार्न सक्ने प्रारम्भिक संकेत देखिएको छ।
नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासँगै विदेशी मुद्रा आर्जनको आधार

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासँगै विदेशी मुद्रा आर्जनको आधार

नेपालले आँखा स्वास्थ्य सेवामा हासिल गरेको उपलब्धि र अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना बढाएको छ।
आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महिला यू–१९ क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा

महिला यू–१९ क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवामा

आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ।