नेभिगेशन
मुख्य समाचार

सिइओहरूसँगकाे छलफलमा अर्थमन्त्री वाग्लेले के भने?

‘अधिक तरलतालाई लगानीमा रूपान्तरण गर्ने उपाय खोजौँ’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता उत्पादन र लगानीमा रूपान्तरण हुन नसकेको अवस्थाबारे गम्भीर छलफल आवश्यक रहेको बताएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग मंगलबार भएको छलफलमा उनले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र बैंकिङ क्षेत्रले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँगको संवादलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रसँगको छलफललाई अर्थतन्त्र पुनर्जीवित गर्ने अभियानको अर्को चरणका रूपमा व्याख्या गरे । उनका अनुसार उत्पादन, लगानी, बचत र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली रहेकाले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञान सबैभन्दा बढी बैंकहरूले नै बुझ्ने अवस्था छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले व्यवसायीहरू लगानी विस्तार गर्न किन हिच्किचाइरहेका छन्, ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन, तथा बैंकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादनशील क्षेत्रमा किन परिचालन हुन नसकेको भन्ने विषयमा सीईओहरूसँग स्पष्ट धारणा मागे ।

Ncell
Extreme Energy

अर्थमन्त्रीले यसको समाधान मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको आत्मविश्वासमध्ये कहाँ बढी केन्द्रित छ भन्ने विषयमा खुला छलफल आवश्यक रहेको बताए । साथै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन आवश्यक संरचनागत सुधार, नियामकीय व्यवस्था र अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रबीचको समन्वय कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि सुझाव मागे ।

सरकार नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै उनले आवश्यक परे कानुन संशोधन, प्रक्रियागत सुधार र नीतिगत निर्णय लिन सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

वाग्लेले बैंकिङ क्षेत्रलाई केवल नियमनको विषयका रूपमा नभई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारका रूपमा लिनुपर्ने धारणा राखे । सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियन्त्रित निकायको मात्र नभई आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्वका लागि साझा राष्ट्रिय जिम्मेवारी भएको उनको भनाइ थियो ।

उनले आजको छलफलबाट आएका सुझावलाई कार्यान्वयनयोग्य रोडम्यापमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउँदै विश्वास निर्माण, लगानी विस्तार, उत्पादन वृद्धि र उच्च आर्थिक वृद्धिको नयाँ चरणमा प्रवेश गराउने साझा लक्ष्य हासिल गर्न सरकार र बैंकिङ क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री  रावल

सदनमा विपक्षीले सुकुमबासीलाई लालपूर्जा देउ भन्ने, पालिकामा अवरोध गर्ने ?- मन्त्री रावल

मन्त्री रावलले थप भनिन् ,'लालपूर्जा वितरण गर्नुपर्छ भनेर जरुरी महत्त्वको प्रस्ताव जुन विपक्षी दलहरुले ल्याउनुभयो, त्यो महसुस उहाँहरुले पालिकामा पनि गर्नुपर्यो । त्यही भएर सार्वजनिक महत्त्वको प्रस्ताव यहाँ...
गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

गृहमन्त्री गुरुङ र मेहताको परिवारबीच वार्ता सुरु

उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।
निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

निम्सदाइसँगै अस्ताएका रेकर्डहोल्डर आरोहीहरू

असम्भवलाई सम्भव बनाउने नेपाली पर्वतारोही । यही परिचयले विश्वभर चिनिएका थिए निर्मल पुर्जा, अर्थात् ‘निम्स दाइ’ । ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल सबैभन्दा छोटो समयमै आरोहण गरेर...
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।