नेभिगेशन
जनप्रतिनिधिका कुरा

भदौभित्र ३० वटा नयाँ कानुन संसदमा ल्याउने कानुन मन्त्री गौतमको तयारी

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ३० वटा नयाँ विधेयक संसदमा दर्ता गर्ने तयारी गरेकी छिन् । 

आर्थिक वर्ष २०८३/०८४ लाई कानून सुधार तथा कानून निर्माण वर्ष घोषणा गरेकी मन्त्री गौतमले पहिलो प्राथमिकताक्रममा रहेका ६३ मध्ये ३० वटा कानुन भदौभित्रै संसदमा दर्ता गर्ने तयारी गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १५ गतेसम्म १५ वटा कानुन र त्यसपछि मसान्तसम्म १५ गरी कम्तीमा ३० वटा विधेयकमा संसदमा दर्ता गरिने कानुन मन्त्रीको सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

सचिवालयले हरेक दिन सम्बन्धित मन्त्रालयमा विधेयकको प्रगतिको ताकेता पनि गरिरहेको छ । धेरै मन्त्रालयले पहिलो चरणको विधेयक तयार पारिसकेका छन् । पहिलो चरणको विधेयक तयार पार्ने समय कात्तिकसम्म छ ।

कानुन मन्त्री गौतमले सरकारले घोषणा गरेको ‘’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समितिअन्तर्गतको अध्ययन समितिको दोस्रो बैठकमा सरकार विधेयक निर्माणमा समेत ‘फास्ट ट्र्याक’मा अघि बढिरहेको उल्लेख गर्दै भदौ १५ गतेसम्म करिब १५ वटा विधेयक अघि बढ्ने अवस्था रहेको जानकारी गराएकी थिइन् । 

मन्त्रीको सचिवालयकाअनु्सार भदौभित्र ४० वटा विधेयकको मस्यौदा कार्य सकिनेछ । कानुन मन्त्रालयले संविधान कार्यान्वयन र सेवा प्रवाह सहजीकरणका लागि आवश्यक पर्ने भन्दै यो वर्ष १६६ वटा कानुन बनाउनुपर्ने भनेर तीवटा प्राथमकितामा वर्गीकरण गरेर संसदमा सूची बुझाएको छ । 

कानून मन्त्री गौतमले कानून सुधारको कामलाई ‘फास्ट ट्र्याक’मा अघि बढाउँदा अध्ययनको गुणस्तर र विषयवस्तु नहराउने गरी अघि बढ्नुपर्ने बताइन् । उनले विषयगत आधारमा कानून सुधारको अध्ययन अघि बढाउँदा कामलाई व्यवस्थित र निश्चित दिशामा लैजान सहज हुने धारणा व्यक्त गरिन् ।

सबै मन्त्रालयलाई आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित सुधार वा संशोधन गर्नुपर्ने तथा नयाँ निर्माण गर्नुपर्ने कानूनको विवरण उपलब्ध गराउन तत्काल पत्राचार गर्न भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।
संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन् ।