नेभिगेशन
जनप्रतिनिधिका कुरा

भदौभित्र ३० वटा नयाँ कानुन संसदमा ल्याउने कानुन मन्त्री गौतमको तयारी

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ३० वटा नयाँ विधेयक संसदमा दर्ता गर्ने तयारी गरेकी छिन् । 

आर्थिक वर्ष २०८३/०८४ लाई कानून सुधार तथा कानून निर्माण वर्ष घोषणा गरेकी मन्त्री गौतमले पहिलो प्राथमिकताक्रममा रहेका ६३ मध्ये ३० वटा कानुन भदौभित्रै संसदमा दर्ता गर्ने तयारी गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ १५ गतेसम्म १५ वटा कानुन र त्यसपछि मसान्तसम्म १५ गरी कम्तीमा ३० वटा विधेयकमा संसदमा दर्ता गरिने कानुन मन्त्रीको सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

सचिवालयले हरेक दिन सम्बन्धित मन्त्रालयमा विधेयकको प्रगतिको ताकेता पनि गरिरहेको छ । धेरै मन्त्रालयले पहिलो चरणको विधेयक तयार पारिसकेका छन् । पहिलो चरणको विधेयक तयार पार्ने समय कात्तिकसम्म छ ।

कानुन मन्त्री गौतमले सरकारले घोषणा गरेको ‘’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समितिअन्तर्गतको अध्ययन समितिको दोस्रो बैठकमा सरकार विधेयक निर्माणमा समेत ‘फास्ट ट्र्याक’मा अघि बढिरहेको उल्लेख गर्दै भदौ १५ गतेसम्म करिब १५ वटा विधेयक अघि बढ्ने अवस्था रहेको जानकारी गराएकी थिइन् । 

मन्त्रीको सचिवालयकाअनु्सार भदौभित्र ४० वटा विधेयकको मस्यौदा कार्य सकिनेछ । कानुन मन्त्रालयले संविधान कार्यान्वयन र सेवा प्रवाह सहजीकरणका लागि आवश्यक पर्ने भन्दै यो वर्ष १६६ वटा कानुन बनाउनुपर्ने भनेर तीवटा प्राथमकितामा वर्गीकरण गरेर संसदमा सूची बुझाएको छ । 

कानून मन्त्री गौतमले कानून सुधारको कामलाई ‘फास्ट ट्र्याक’मा अघि बढाउँदा अध्ययनको गुणस्तर र विषयवस्तु नहराउने गरी अघि बढ्नुपर्ने बताइन् । उनले विषयगत आधारमा कानून सुधारको अध्ययन अघि बढाउँदा कामलाई व्यवस्थित र निश्चित दिशामा लैजान सहज हुने धारणा व्यक्त गरिन् ।

सबै मन्त्रालयलाई आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित सुधार वा संशोधन गर्नुपर्ने तथा नयाँ निर्माण गर्नुपर्ने कानूनको विवरण उपलब्ध गराउन तत्काल पत्राचार गर्न भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप जनप्रतिनिधिका कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।