नेभिगेशन
बजार

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

काठमाडौँ । एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोट्र्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको छ । दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते (शनिबार र आइतबार) प्रतियोगिता हुनेछ ।

आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवद्र्धन गरेको छ । प्रतियोगितालाई ’एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ का रूपमा प्रस्तुत गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसरसमेत पाउने आयोजकले विश्वास लिएको छ ।

Ncell
Extreme Energy

यसअघि पनि एक्सट्रिम इनर्जी ड्रिंकले नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय कम्पनीले क्रिकेटसहित विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ ।

पीएमएनसी नेपाल फलको ग्रान्ड फाइनल भने नेपाली ई–स्पोर्टस प्रेमीका लागि विशेष आकर्षण बन्ने देखिएको छ । दुईदिने प्रतिस्पर्धामा उपाधिका लागि टोलीहरूबिच हुने प्रतिस्पर्धासँगै नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने सम्भावित टोलीमाथि पनि सबैको नजर रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...
एमबाप्पेले जिते गोल्डेन बुट

एमबाप्पेले जिते गोल्डेन बुट

विश्वकप २०२६ भर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जितेका छन् ।
रोड्रीले जिते गोल्डेन बल

रोड्रीले जिते गोल्डेन बल

स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते ।