नेभिगेशन
समाज

नाडा अटो शोको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि अहिले स्टल निर्माण तथा अन्य प्राविधिक तयारी तीव्र पारिएको छ।

प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम भइरहेको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको अटो शो नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारीसाधन ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ।

Ncell
Extreme Energy

अटो शोमा विद्युतीय सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण राखिनेछन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको पनि उल्लेख्य सहभागिता रहनेछ।

प्रदर्शनी नजिकिँदै गर्दा भृकुटीमण्डपमा स्टल निर्माणको चहलपहल बढेको छ। स्टल निर्माणसँगै विद्युत् जडान, प्रकाश व्यवस्थापन, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक पूर्वाधार निर्माणको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ।

यस वर्षको विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ पभेलियन रहने आयोजकले जनाएको छ। उक्त पभेलियनमार्फत नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।

नाडाका अनुसार अटो शोले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर प्रदान गर्नेछ। साथै, नेपाली अटोमोबाइल तथा मोबिलिटी बजारमा भित्रिएका नयाँ प्रविधि, उत्पादन र सेवाका साथै क्षेत्रको भावी सम्भावनाबारे जानकारी लिन पनि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...