नेभिगेशन
समाज

नाडा अटो शोको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि अहिले स्टल निर्माण तथा अन्य प्राविधिक तयारी तीव्र पारिएको छ।

प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम भइरहेको छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको अटो शो नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारीसाधन ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ।

Ncell
Extreme Energy

अटो शोमा विद्युतीय सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण राखिनेछन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको पनि उल्लेख्य सहभागिता रहनेछ।

प्रदर्शनी नजिकिँदै गर्दा भृकुटीमण्डपमा स्टल निर्माणको चहलपहल बढेको छ। स्टल निर्माणसँगै विद्युत् जडान, प्रकाश व्यवस्थापन, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक पूर्वाधार निर्माणको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ।

यस वर्षको विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ पभेलियन रहने आयोजकले जनाएको छ। उक्त पभेलियनमार्फत नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।

नाडाका अनुसार अटो शोले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर प्रदान गर्नेछ। साथै, नेपाली अटोमोबाइल तथा मोबिलिटी बजारमा भित्रिएका नयाँ प्रविधि, उत्पादन र सेवाका साथै क्षेत्रको भावी सम्भावनाबारे जानकारी लिन पनि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

बाढी प्रभावित समुदायको राहत उद्धार तथा पुनर्स्थापना लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग

नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ ।
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा

उक्त सहयोग निम्नानुसार शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीहरूको तर्फबाट पशुपति खाद्य तेल उद्योग प्रा.लिले  ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख रुपैयाँ, प्रिमियर वायर्सले १५ लाख, र प्रिमियर डिस्टिलरी...
नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्...