नेभिगेशन
समाज

'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

काठमाडौँ । पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मागर बेलायत प्रस्थान गरेकी छिन् । 

कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा (निम्सदाइ)को अन्त्येष्टि समारोहमा सहभागी हुन रास्वपा सांसद रानामगर सोमबार बेलायतको लण्डन प्रस्थान गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु भएका पूर्वगोर्खा सैनिक निर्मल पूर्जाको २६ अगस्टमा दक्षिण पश्चिम इंग्ल्याण्डको ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबीमा अन्त्येष्टि समारोह हुँदैछ । 

Ncell
Extreme Energy

बेलायतकाे नागरिकता लिएका निम्सको अन्त्येष्टि इंग्ल्याण्डमा हुन लागेको हो । निम्सको अन्त्येष्टिमा सहभागी हुन सांसद डेभिड मिङ्मा शेर्पा पनि आजै बेलायत जाँदैछन् । 

सांसद रानामगरले यसअघि संसदमा निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।