नेभिगेशन
समाज

बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

काठमाडौँ । गठबन्धनमै रहेको दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केही सांसदहरुको असन्तुष्टिका कारण बागमतीका मुख्यमन्त्री किरण थापामगरलाई प्रदेश सभामा विश्वासको मत लिन सकस देखिएको छ । 

प्रतिपक्षी कांग्रेसको अवरोध गर्ने चेतावनी र नेकपाका केही सांसदको अनुपस्थितिका कारण प्रदेश सभा बैठकको समय सारिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्वासको मतका लागि सुरुमा दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको थियो । बैठक सारेर ५ बजे पुर्याइयो । साँझ ६ बजिसक्दा पनि बैठक सुरु भएको छैन ।

Ncell
Extreme Energy

एमाले सांसद केशव पोखरेलले असन्तुष्ट भनिएका नेकपाका केही सांसदहरु बैठकका लागि आउने क्रममा रहेको जानकारी दिए । ‘उहाँहरु अन द वे हुनुहुन्छ’ उनले भने ।

उनका अनुसार, प्रतिपक्षी कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै बैठक सञ्चालन नगर्न सभामुखलाई पत्र बुझाएको छ । आफूहरुको सहमति बिना बैठक सञ्चालन गरिए अवरोध गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर, सत्ता साझेदार नेकपाका सांसदहरु गंगानारायण श्रेष्ठ, युवराज चौलागाईं, कृष्ण खनाल, लक्ष्मण लम्साल लगायत केही सांसद अहिलेसम्म प्रदेशसभा पुगेका छैनन् ।

खासगरी नेकपाका पूर्व एकीकृत समाजवादी खेमाका सांसदहरु मन्त्रिरिषद् विस्तारलाई लिएर असन्तुष्ट छन् । पार्टी नेतृत्वले राप्रपाभित्र खेलिरहेको विषयमा पनि केही सांसदहरुले आपत्ति जनाएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।