नेभिगेशन
समाज

जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

काठमाडौँ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र (डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ ।

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलमा ८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट ८२ मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता र ८३ असार १८ गते स्वीकृत २४ बुँदे प्रस्तावको कार्यान्वयनबारे छलफल भएको थियो ।

Ncell
Extreme Energy

माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा रहेको सहजीकरण समितिलाई जेन–जीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने समर्पित संयन्त्रका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ। साथै, शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई सिंहदरबार प्रवेशमा आवश्यक सहजीकरण गर्ने निर्णयसमेत भएको छ।

छलफलमा जेन–जी परिषद् घोषणा, जेन–जी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेन–जीको शालिक निर्माण तथा जेन–जी पार्क निर्माण लगायतका विषयमा सकारात्मक छलफल भएको जनाइएको छ।

उक्त विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै जाने विषयमा छलफलमा सहभागीहरूबीच सामूहिक प्रतिबद्धता भएको छ। जेन–जीका मागहरू शीघ्र सम्बोधन गर्न सबै जनप्रतिनिधि तथा सम्बन्धित निकायहरू समान बुझाइका साथ समन्वयात्मक र एकीकृत ढङ्गले क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

गाडीको ठक्करबाट आमाछोरीकै मृत्यु

सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...