नेभिगेशन
समाज

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पश्चिम नवलपरासी । सरकारी छाप र लेटरप्याड दुरुपयोग मुद्दामा पक्राउ  परेका प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवलाई ३ दिन थुनामा राख्न म्याद थप भएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयले पक्राऊ गरेको यादवलाई प्रहरीले म्याद थपका लागि अदालत लगेकोमा नवलपरासी जिल्ला अदातलबाट ३ दिनका लागि म्याद थप भएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

म्याद थप भएपछि यादवमाथी थप अनुसन्धान प्रकृया अगाडि बढेको छ । 

Ncell
Extreme Energy

नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित यादवलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा आज आत्मसमर्पण गरेपछि पक्राउ गरिएको हो । 

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा जिल्ला अदालतले यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीविरुद्ध यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निषेधाज्ञाको माग गर्दै निवेदन दिएका थिए ।

उच्च अदालतले साउन २९ गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो ।

उच्च अदालतको आदेशविरुद्ध यादव सर्वोच्च अदालत पुगेका थिए । उनका कानुन व्यवसायीले सर्वोच्चमा रजिष्ट्रार कार्यालयबाट भएको दरपीठ आदेश बदर गरी रिट दर्ता गर्न माग गरेका थिए ।

उक्त निवेदनमाथि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रजिष्ट्रार कार्यालयले रिट दर्ता नगरेको विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था नदेखिएको भन्दै ‘नियमानुसार गर्नु’ भनी आदेश दिएको थियो ।

सर्वोच्चबाट समेत कानुनी उपचारको बाटो तत्काल नखुलेपछि यादव लामो समयदेखि भारतमा बसेको प्रहरी स्रोतको दाबी छ । राजनीतिक पहुँचका आधारमा पक्राउबाट जोगिन सक्ने अवस्था नरहेपछि उनी आज जिल्ला प्रहरी कार्यालय पुगेको स्रोतले जनाएको छ ।

यादवले आत्मसमर्पण गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर सरकारी छाप तथा लेटरप्याड कीर्ते तथा दुरुपयोगसम्बन्धी अभियोगमा आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।